नेप्सेमा साविकको इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार बैंकको ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो  ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

भन्सार छुटका बाबजूद सेनिटरी प्याडको आयात घट्दै, निर्यात बढ्दै Read Previous

भन्सार छुटका बाबजूद सेनिटरी प्याडको आयात घट्दै, निर्यात बढ्दै

रिडी पावर र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

रिडी पावर र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?