काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
दुवै कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेरुडे लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने २२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि लघुवित्तको नयाँ सेयरमूल्य ८२७.८७ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शिखर इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गर्ने १६ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि शिखरको सेयर मूल्य ८०८.६२ रुपैयाँ निर्धारण भएको छ ।
यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।