३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । रिडी पावर, अरुण भ्याली हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटलको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

तीनै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (माघ १८ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

रिडी पावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर तिर्न २.१ प्रतिशत नगद गरी ४२.१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, तारागाउँ होटलले गत आर्थिक वर्षको मुनाफाबाट कर प्रयोजनसहित ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

तीनै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

माया खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

माया खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?