काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
विद्युत नियमन आयोगले सिनर्जीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ अनुपातका हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
आयोगबाट अनुमति पाएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले यसअघि नै हकप्रद सेयर जारी गर्न सानिमा क्यापिटललाई प्रबन्धक नियुक्त गरिसकेको छ ।
हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि चुक्ता पूँँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।