राष्ट्रिय वाणिज्य बैंकले सुरू गर्‍यो ‘आरबीबी डिजिटल संसार’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत सुरु गरेको छ ।

आज यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए। त्यस्तै, बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि-ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको उनले भनाइ छ ।

बैंकले विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दाबी गरे। बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले जानकारी दिए ।

एनआईडीसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ ।

बैंकिङ गत आर्थिक वर्ष २०७८र७९ मा लगानीकर्तालाई १२.५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पूँजी रू १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी २६५ वटा शाखा कार्यालय, २६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता ७ लाख ५ हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार ५००  रहेको कार्यक्रममा जानकारी दिइयो ।

चालु आर्थिक वर्ष २०७९र८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन रू २ खर्ब ७२ अर्ब, कर्जा प्रवाह रू २ खर्ब ३४ अर्ब र नेटवर्थ रू ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा २.७९ प्रतिशत, आधारदर ९.२९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१.६५ प्रतिशत छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप रू ३ खर्ब, कुल कर्जा रू २ खर्ब ५८ अर्ब, मुनाफा रू ४ अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको 'सेल्स कन्भेन्सन' कार्यक्रम सम्पन्न Read Previous

सूर्यज्योति लाइफ इन्स्योरेन्सको 'सेल्स कन्भेन्सन' कार्यक्रम सम्पन्न

मिथिला लघुवित्तको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी आधा घट्यो Read Next

मिथिला लघुवित्तको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी आधा घट्यो