सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से आज ८ अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८६ करोडले घटेर ३ अर्बमा सीमित भएको छ ।

मंगलबार नेप्से ८.१५ अंकले बढेर २११७.२५ विन्दुमा पुगेको छ । यसदिन २५७ कम्पनीको ३ अर्ब रुपैयाँ बढीको ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.८८ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूह २.१० प्रतिशतले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावरको १० करोड र अपि पावर १० करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सानिमा जीआइसी इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सूर्योदय वोमी लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, शिव श्री हाइड्रोपावर ९.०२, गुह्येश्वरी मर्चेन्ट ६.६१, मल्टी प्रपोज फाइनान्स ६.४२, आदर्श लघुवित्त ६.११, उपकार लघुवित्त, पोखरा, फाइनान्स, नेपाल फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नाडा टोलीले भेट्यो अर्थमन्त्री, अटो क्षेत्रका समस्या बारे छलफल Read Previous

नाडा टोलीले भेट्यो अर्थमन्त्री, अटो क्षेत्रका समस्या बारे छलफल

विकासे मन्त्रालयको पूँजीगत खर्चको अवस्था दयनीय, ६ महिनामा कुनले कति गरे ? Read Next

विकासे मन्त्रालयको पूँजीगत खर्चको अवस्था दयनीय, ६ महिनामा कुनले कति गरे ?