नाडा टोलीले भेट्यो अर्थमन्त्री, अटो क्षेत्रका समस्या बारे छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि टोलीले उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसंग भेट गरेको छ ।सोमबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेललाई भेटी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरूका विषयमा छलफल गरेको हो ।

अर्थमन्त्री पौडेलले सवारी साधनहरूलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरण बारे आगामी बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिए ।

अध्यक्ष थापाले सवारी साधनहरूलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दे सवारी साधनहरूलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे ।

अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था र सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाएको भन्दै धन्यवाद दिए । उनले सरकारको सो निर्णयहरूले अटोमोबाइल लगायतका व्यवसायहरूमा सकारात्मक प्रभाव पार्ने बताए ।

अध्यक्ष थापाले भने, ‘नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरूका कारण अटोमोबाइल व्यवसायीहरू आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै छ, अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरूले आफनो रोजगारी समेत गुमाईरहेको मात्र छैन नेपालका भन्सार नाकाहरूमा ६ महिना देखि करिव ३००० सवारी साधनहरूको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था छ,’ ।

अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने बताए ।

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’को ७५% काम पूरा, नजिकै बन्दैछ ‘स्मार्ट सिटी’ Read Previous

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’को ७५% काम पूरा, नजिकै बन्दैछ ‘स्मार्ट सिटी’

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी