आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा सोमबार होटल लि हिमालय, लाजिम्पाटमा सम्पन्न भएको हो ।

सभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।

उनले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

अध्यक्ष ढकालले पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसैगरी, कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको बाबजूद पनि कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंक बीच सम्झौता Read Previous

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंक बीच सम्झौता

फोर्स मोटर्सको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा Read Next

फोर्स मोटर्सको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा