स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंक बीच सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र माछापुच्छ्रे बैंक बीच एससीटी यूपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरे ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौतापछि माछापुच्छे« बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्नेछन ।

व्यापार घाटामा सुधार, आयात २० प्रतिशतले घट्याे Read Previous

व्यापार घाटामा सुधार, आयात २० प्रतिशतले घट्याे

आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न Read Next

आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न