मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, माग्यो राय/सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको छ । यसैक्रममा, राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत सम्बोधन गर्नुपर्ने विषयहरु समावेश गर्न सरोकारवालासँग राय/सुझाव माग गरेको छ ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सरोकारवालासँग राय/सुझव माग गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सम्बन्धित सरोकारवालासँग राय/सुझाव माग गरेको हो ।

राय/सुझाव राष्ट्र बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा माघ २० गतेसम्म पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना  [email protected] मा सुझाव तथा राय पठाउन सकिने छ ।

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

व्यापार घाटामा सुधार, आयात २० प्रतिशतले घट्याे Read Next

व्यापार घाटामा सुधार, आयात २० प्रतिशतले घट्याे