काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । सोमबार बैंकको ९ लाख ७९ हजार २३.३१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ८.५ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।