एभरेष्ट बैंकको नाफा झन्दै दोब्बरले बढ्यो, वितरणयोग्य नाफा २.८४ अर्ब

काठमाडौं ।एभरेष्ट बैंकको खुद नाफा झन्डै दोब्बरले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८९.२९ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकले बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ करोड रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.५६ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ८९.२० प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा ९ अर्ब ९० करोड र रिटेन्ड अर्निङमा २ अर्ब ८४ करोड र सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ संचित छ ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ९.४३ प्रतिशत र कर्जा १०.७१ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७.०९ रुपैयाँ बढेर २९.६९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २२१.३९ रुपैयाँ, बेसरेट ९.९७ प्रतिशत, मूल्य आम्दानी अनुपात १७.०८ गुणा, खराब कर्जा ०.५५ प्रतिशत रहेको छ ।

साना तथा मझौला उद्योगको विकास गर्न 'एसएमइज' सम्मेलन गर्दै महासंघ Read Previous

साना तथा मझौला उद्योगको विकास गर्न 'एसएमइज' सम्मेलन गर्दै महासंघ

रुकुमकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण सम्पन्न, अब परीक्षण गरिने Read Next

रुकुमकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण सम्पन्न, अब परीक्षण गरिने