मुक्तिनाथ विकास बैंकको नाफामा सुधार, यस्ता छन् मुख्य सूचक

काठमाडौं । मुक्तिनाथ विकास बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३.९६ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकले ६२ करोड ६२ लाख लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ कराेड ३८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढे पनि इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३.९६ प्रतिशत बढेर ८९ करोड रुपैयाँ पुगेको छ ।

हाल ६ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब १८ करोड र रिटेन्ड अर्निङमा ६ करोड ३ लाख संचित छ ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ४.४३ प्रतिशत र कर्जा ६.२० प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा झिनो सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७५ पैसा बढेर १९.५१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३४.९६ रुपैयाँ, बेसरेट १२.८० प्रतिशत, खराब कर्जा ०.९८ प्रतिशत रहेको छ ।

नबिल बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ? Read Previous

नबिल बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

ब्याजबाट मात्रै  ३.७२ अर्ब कमाएको कृषि विकास बैंक किन गयो घाटामा ? Read Next

ब्याजबाट मात्रै ३.७२ अर्ब कमाएको कृषि विकास बैंक किन गयो घाटामा ?