काठमाडौं। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षकाे अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्
वित्तीय प्रणालीमा स्राेत अभावले व्यवसाय विस्तार गर्न नसकेका संस्थाहरूकाे खुद नाफामा भने धेरै फरक देखिदैन् ।
माघ पहिलाे सातासम्म वित्तीय विवरण प्रकाशित गरेका संस्थाहरूकाे
नाफा मिश्रित देखिएको छ। यस अवधिमा व्यवसाय विस्तार गर्न सकेका बैंककाे नाफा उल्लेख्य बढेकाे छ भने कर्जा लगानी गर्न नसकेका बैंकहरूकाे नाफा खुम्चिएकाे छ ।
वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरू मध्ये स्ट्यान्डर्ड चाटर्डले ६१ प्रतिशतले नाफा वृद्धि गरेकाे छ । गत वर्षकाे पुस मसान्तसम्म १ अर्ब नाफा कमाएकाे यस बैंकले चालु वर्षकाे ६ महिनामा १ अर्ब ७५ कराेड कमाएकाे छ ।
नबिल बैंकले ५६ प्रतिशतले नाफा बढाएकाे छ । यस बैंकले ६ महिनामा ३ अर्ब ४१ कराेड रूपैयाँ आर्जन गरेकाे हाे ।
ग्लाेबल आइएमई बैंकले २ अर्ब ७८ कराेड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ कराेड, एनआइसी एसिया ३ अर्ब २७ कराेड, सिभिल ६३ कराेड, सानिमा १ अर्ब २८ कराेड रूपैयाँ नाफा कमाएका छन् ।
यसैगरी, नेपाल, सिद्धार्थ र प्रभु बैंकले १/१ अर्ब बढी रूपैयाँ नाफा कमाएका छन् ।