चितवन जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं । प्रभु बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

 

गत सोमबार प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक कार्यक्रमकाबीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन्।

 

यो एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

 

प्रभु बैंकले १ सय ९६ वटा शाखा कार्यालय, १सय ५२ वटा एटीएम ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवा दिँदैआइरहेको छ।

ग्लोबल आइएमई र साउदी अरब बैंकबीच रेमिटेन्स सम्झौता Read Previous

ग्लोबल आइएमई र साउदी अरब बैंकबीच रेमिटेन्स सम्झौता

१०६१ मेगावाटकाे माथिल्लो अरुणले पायो सर्वेक्षण अनुमति, लागत सवा १ खर्ब Read Next

१०६१ मेगावाटकाे माथिल्लो अरुणले पायो सर्वेक्षण अनुमति, लागत सवा १ खर्ब