
काठमाडौं। ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिटेन्स सेवाको औपचारिक शुरु भएको छ।
सम्झौता पछि सेवाग्राहीले साउदी अरबको बैंक अलबिलादको १ सय ८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहज रुपमा रकम पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेशशर्मा ढकाल र बैंक अलबिलादका महाप्रबन्धक ओमार अल हुसेनले हस्ताक्षर गरे।
सो रकम ग्लोबल आइएमई बैंक, आइएमई रेमिटेन्स तथा जीएमईका नेपालभर रहेका १५ हजार भन्दा बढी एजेन्टमार्फत रकम प्राप्तगर्न सक्नेछन्। बैंकको आफ्नै ईन्जाज रेमिट्यान्स रेमिट प्रोडक्ट छ।साउदी अरबका लागि नेपाली राजदुत प्राडा महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्झौंता भएको हो।
राजदुत सिंहले सम्झौंताले साउदीबाट नेपालमा रकम पठाउन सहज हुने बताए।ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज हुने बताए।
उनले रेमिटेन्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट पढाउँदा राष्ट्रलाई फाइदा पुग्ने बताए।