विराटनगर भन्सारको राजश्व संकलन लक्ष्यभन्दा ३५%ले कमी

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

 

यो लक्ष्यको तुलनामा चार अर्ब ९४ करोड ९३ लाख ५० हजार रुपैयाँ कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो ।

 

गत वर्ष सोही अवधिमा १० अर्ब पाँच करोड २९ लाख ९५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५७ करोड ५६ लाख ४० हजार रुपैयाँ राजश्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए ।

 

चालू आवमा सङ्कलित राजश्वमा भन्सार महशुलतर्फ तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार रुपैयाँ , मूल्यअभिवृद्धि करतर्फ चार अर्ब ४२ करोड १४ लाख ६७ हजार रुपैयाँ र अन्तःशुल्कतर्फ ६९ करोड ६२ लाख रुपैयाँ छन् ।

 

गएको वर्षमा सो अवधिमा भन्सार महशुल चार अर्ब ४३ करोड ६० लाख तीन हजार रुपैयाँ, मूल्यअभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार रुपैयाँ र अन्तःशुल्क ६९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

 

भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महीनामा ६८ दशमलव १० प्रतिशत, भदौ महीनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महीनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ ।रासस

अमेरिकी चुनाव : ट्रम्पको फेसबुक विज्ञापन खर्च मात्र प्रतिहप्ता ११ करोड Read Previous

अमेरिकी चुनाव : ट्रम्पको फेसबुक विज्ञापन खर्च मात्र प्रतिहप्ता ११ करोड

बंगलादेशको अर्थतन्त्र किन ‘बुम’ भइरहेको छ :  प्रधानमन्त्री शेख हसिनाको जवाफ Read Next

बंगलादेशको अर्थतन्त्र किन ‘बुम’ भइरहेको छ : प्रधानमन्त्री शेख हसिनाको जवाफ