अमेरिकी चुनाव : ट्रम्पको फेसबुक विज्ञापन खर्च मात्र प्रतिहप्ता ११ करोड

सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा एक डेमोक्र्याट प्रतिस्पर्धीले राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावी अभियानमा सामाजिक सञ्जालमा खर्च गरिएको विज्ञापन रकमको आलोचना गरेकी छन्।

 

चुनावी अभियानमा निकै धेरै रकम खर्च भइरहेको एलिजाबेथ वारेनको दाबी रहेको छ। तथ्य परीक्षण गर्ने बीबीसी रियालिटी चेकले सो दाबीमा अनुसन्धान गरेको छ।

 

सिनेटर एलिजाबेथ वारेनले भनेकी छन्, ट्रम्पको चुनावी अभियानले फेसबुकमा एक हप्तामा विज्ञापनका लागि १० लाख डलर (झन्डै ११ करोड ३४ लाख रुपैयाँ)  खर्च गरिरहेका छन।

 

निष्कर्ष वारेनको दाबी सत्य हो।

 

 

बितेका केही महिनामा ट्रम्पको अभियानले प्रतिहप्ता विज्ञापनका करिब १० लाख डलर खर्च गर्दै आएको छ। गएको केही हप्तामा चाहीँ उक्त खर्च केही घटेको छ।

 

डेमोक्र्याटिकका तर्फबाट धेरै खर्च गर्ने प्रतिस्पर्धी अर्बपति समाजसेवी टम स्टाएरले पछिल्ला महिनाहरूमा उक्त रकमको करिब एक चौथाइ खर्च गरेका छन्।

 

वारेनले फेसबुकले पनि मिथ्या सूचना भएका विज्ञापन सामग्री पनि प्रकाशित गरेको भन्दै आलोचना गरेकी छन्।

 

पारदर्शिता

 

फेसबुकले आफ्ना सबै प्लेटफर्महरूमा छापिएका विज्ञापनबारे सूचना उपलब्ध गराउँछ।उसले पारदर्शितामा सुधार ल्याउने प्रयासस्वरूप उक्त सूचना सार्वजनिक गर्न सुरु गरेको हो।

 

उसको एड लाइब्रेरी हेर्दा कसले विज्ञापनका लागि रकम तिर्छ, अनुमानित लागत कति हो र कतिवटा विज्ञापन राखिए भन्ने हेर्न सकिन्छ।

 

विगत ३० दिनभित्र ट्रम्पको मेक अमेरिका ग्रेट अगेन कमिटीले ट्रम्पको विज्ञापनका लागि २४ लाख डलर तिरेको छ भने उपराष्ट्रपति माइक पेन्सको पेजका लागि १३ लाख डलर तिरेको छ।

 

ट्रम्पको कमिटी रकम जुटाउने कमिटीका रुपमा चिनिन्छ र त्यसले राष्ट्रपतिका लागि डोनल्ड ट्रम्प (डीजेटीपी) अभियान र रिपब्लिकन न्याश्नल कमिटी (आरएनसी) का लागि रकम जुटाउँछ।

 

के यो सबै रकम ट्रम्पकै अभियानमा खर्च भएको हो ?

 

 

न्यूयोर्क विश्वविद्यालयको अनुसन्धानकर्ताहरूको एउटा टोलीले डीजेटीपी र ट्रम्पको मेगा कमिटी दुवैले पेन्ससहितको प्रत्येक पेजमा गरेको विज्ञापनको खर्च अध्ययन गरेको छ।

 

हामी कम्प्युटर वैज्ञानिक हौं र हामी सामग्रीमा आधारित भएर कसरी त्यसले सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गर्छ भनेर मूल्याङ्कन गर्छौं।

 

त्यसकै आधारमा हामीले उक्त विज्ञापन ट्रम्पको आधारमा हो भन्ने मानेका हौं, लौरा एडलसनले भनिन्।सिनेटर वारेनको दाबीको अघिल्लो सातामात्रै हेर्ने हो भने हामीले खर्चमा धेरै कमी आएको देख्छौं।

 

डोनल्ड ट्रम्प पेजका लागि ६ र १२ अक्टोबरको बीचमा ४ लाख ५० हजार डलर ट्रम्प मेगा कमिटिले खर्च गरेको छ भने बाँकी डिजेटिपिले करिब ४० हजार डलर गरेको छ। यसरी १० लाख डलरको खर्चमा निकै कमी आएको छ।

 

डेमोक्र्याटहरूको खर्च

 

राष्ट्रपति पदका लागि डेमोक्र्याटिक तर्फका उम्मेद्वार रहेका एकजनाले अन्य सबैले भन्दा धेरै खर्च गरिरहेका छन्।अर्बपति समाजसेवी टम स्टाएरले गत महिना १५ लाख डलर भन्दा बढी खर्च गरे।

 

उनले डेमोक्र्याटिकको बहसमा यसै साता पहिलोपटक देखिए। उनलाई पिट बुडाजज, एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स र कमला ह्यारिसले पच्छ्याएका छन्।

 

फेसबुक  र राजनीतिक विज्ञापन

 

वारेनले फेसबुकमाथि मिथ्या सूचना भएका विज्ञापन पनि स्वीकार गर्ने आरोप लगाएकी छन्।गत महिना फेसबुकका विश्व मामिलाका उपप्रमुख निक क्लेगले फेसबुकले राजनीतिक विज्ञापन समीक्षाका लागि तथ्य परीक्षण गर्न तेस्रो पक्षलाई दिने नगरेको बताएका थिए।

 

राजनीतिक बहसको निर्णयकर्ता फेसबुक नभएको र राजनीतिज्ञको भाषणलाई प्रयोगकर्तासम्म पुग्नबाट जोगाउने भूमिका पनि आफ्नो नभएको क्लेगले बताएका थिए।

  • एजेन्सीहरूबाट
१२ वटा नयाँ तारे होटल सञ्चालनमा आउँदै Read Previous

१२ वटा नयाँ तारे होटल सञ्चालनमा आउँदै

विराटनगर भन्सारको राजश्व संकलन लक्ष्यभन्दा ३५%ले कमी Read Next

विराटनगर भन्सारको राजश्व संकलन लक्ष्यभन्दा ३५%ले कमी