
काठमाडौं । चालू आर्थिक वर्षमा १२ वटा नयाँ तारे होटल सञ्चालनमा आउने भएका छन् । पर्यटन विभागका अनुसार निर्माणधिन अवस्थामा रहेको नयाँ तारे होटलहरु सञ्चालनमा आउने तयारीमा रहेका हुन् ।
हाल देशभर कूल १ सय ३३ तारे होटल सञ्चालनमा रहेका छन् । पर्यटक मापदण्ड स्तरका १ हजार १ सय २५ होटल सञ्चालनमा रहेको पर्यटन विभागले जनाएको छ ।
विभागकी निर्देशक मिरा आचार्यले यो आर्थिक वर्षमा १ दर्जन हाराहारीमा चार र पाँचतारे होटल सञ्चालनमा आउन लागेका हुन् । उनले चालू आवमा देशभर गरी १२ वटा चार र पाँचतारे होटल सञ्चालनमा आउने अनुमान रहेको बताएकी हुन् ।
विभागको एक सर्वेक्षणले चालू आर्थिक वर्ष भित्र बिर्तामोडमा होटल ग्रयाड पिस, रुपन्देहीमा होटल पवन प्यालेस, झपामा द्वारीकाज इन प्राली र चितवनमा हिमाल वाटर पार्क एण्ड भिलाज लगायतका १२ वटा होटलहरु सञ्चालनमा आउने तयारीमा रहेको देखाएको छ ।
‘हामीले गरेको सर्वेक्षणमा १ दर्जन हाराहारीमा चार र पाँचतारे होटल सञ्चालनमा आउने अनुमान गरेका छाैं, ती सबै पाइपलाइनमा आएका होटलहरु हुन्,’ निर्देशक आचार्यले चाणक्यसँग भनिन् ।
हाल रहेका होटलहरुमा ५६ हजार कोटा रहेका छन् । जसले पर्यटक वर्ष २०२० का लागि पर्याप्त हुने उनको दाबी रहेको छ ।
१४ वटा पाँचतारेमा २ वटा बन्द
हाल नेपाल भर १४ वटा पाँचतारे होटल दर्ता भएकामा १२ वटा मात्र सञ्चालनमा रहेका छन् । ती मध्ये २ वटा पाँचतारे होटल हाल बन्द रहेका छन् ।
सोल्टी होटल, तारागाँउ रिजेन्सी, याक एण्ड यति, होटल साँग्रिला, द मल्ल होटल, पोखरा ग्राण्ड, होटल ओरियन्ड, टाईगरवान,सोल्टी शिवक्रिम होटेल्स एण्ड रिसोर्टस, होटल सेन्ट्रल प्लाजा र होटल एभरेष्ट हस्पिटालिटी लगायतका पाँचतारे होटलहरु हाल सञ्चालनमा रहेका छन् ।
दर्ता भएका मध्ये द होटल एभरेष्ट इन्टरनेशनल र द फूलबारी ५ तारे होटल हाल बन्द अवस्थामा रहेका छन् ।
७ सय क्षमताका १० वटा चारतारे होटल
नेपाल भर ४ तारे होटल १० वटा रहेका छन् । सो ४ तारे होटलहरुमा ७ सयको हाराहारीमा कोठा रहेका छन् । ४ तारे होटलमा हाल ३ अर्बका हाराहारीमा लगानी रहेको छ ।
होटल शंकर, होटल हिमालय, होटल ओपेरा, होटल कृष्णा, होटल इच्छा, होटल मिस्टिक माउन्टेन, भ्यू होटल सिद्धार्थ, होटल सरोवर, होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र ग्राण्ड होटल हाल ४ तारे होटलका रुपमा सञ्चालनमा रहेका छन् ।
३३ तीन तारे होटल सञ्चालनमा
हाल देशभर ३३ वटा तीन तारे होटल रहेका छन् । ती मध्ये दर्ता भएको एउटा होटल भने स्थगन भएको छ । दर्ता भएका मध्य होटल ग्याङजोङ्ग स्थगन अवस्थामा रहेको हो ।
होटल हारती, समिट होटल, होटल गंगा, होटल मनाङ, होटल तिब्बत, होटल मस्याङदी, होटल सेण्टर पोइण्ट, होटल क्लासिक, होटल माउण्टेन, होटल भिषुवा लगायता ३ तारे होटलहरु हाल सञ्चालन अवस्थामा रहेका छन् ।
यस्तै दुई तारे होटल अन्तर्गत ४३ वटा होटलहरु सञ्चालनमा रहेका छन् । होटल सनसेट भ्यू, होटल ठमेल, होटल टायोमा, टिबेट गेष्ट हाउस, होटल आर्किड, होटल ब्लू डायमण्ड, होटल चौतारी, अलोहा इण्टरनेशनल, होटल मनास्लु, होटल बज्र लगायतका २ तारे होटलहरु हाल सञ्चालनमा रहेका छन् ।
यसैगरी देशभर ३४ वटा एक तारे होटलहरु सञ्चालनमा रहेका छन् । ठमेल होटल, वेलकम गेष्ट हाउस, होटल न्यू गणेश, सेण्ट्रल होटल, साम्वल गेष्ट, होटल गणेश हिमाल, होटल इम्पाला लगायतका एक तारे होटलहरु हाल सञ्चालनमा रहेका छन् ।