काठमाडौं । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउने लगायतका काम बन्द गर्ने घोषणा गरेका छन् ।
घाट सेवाका कर्मचारीहरुले सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि दाउरा बोक्ने, शवदाह गर्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द घोषणा गरेका हुन् ।
शव जलाउने काम बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।