लक्ष्मी बैंकद्धारा आयोजित ‘माई कार्ड आइडियाज’ प्रतियोगिताको विजेता घोषणा

काठमाडौं । लक्ष्मी बैंकले सञ्चालन गरेको “माई कार्ड आइडियाज”नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरेको छ । मंगजबार काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो।

 

क्राउडसोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदानगर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालनगरिएको थियो।

 

विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइन वापत कूल ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएकी छन्।

 

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५शाखा, २ एक्टेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेको छ।

तेहेरो करको विरोधमा उपभोक्ता सडकमा Read Previous

तेहेरो करको विरोधमा उपभोक्ता सडकमा

पशुपति आर्यघाटका कर्मचारी आन्दोलनमा, शव जलाउने काम बन्द गर्ने घोषणा Read Next

पशुपति आर्यघाटका कर्मचारी आन्दोलनमा, शव जलाउने काम बन्द गर्ने घोषणा