धेरैले बंगलादेशलाई ३ करोड मानिसहरुको ‘बजार’, धनी मध्यमवर्गीयहरु र जादुयी विकासको रुपमा चिन्छन् । तर, मेरा लागि हाम्रो शक्ति भनेको हाम्रा सामाजिक मूल्य र मान्यताहरु र मानिसहरुको बंगलादेश प्रतिको विश्वास हो । साथै, मानिसहरुको विकास र अग्रगमन प्रतिको प्रतिबद्धता र नेतृत्वप्रतिको विश्वास पनि हाम्रो शक्ति हो ।
मेरो बुवा, बंगलादेशका पिता शेख मुजिबुर रहमानले, विभेद रहित र न्यायपूर्ण समाजको सपना देख्नुभएको थियो । उहाँको सोचले हामीलाई हाम्रो भिजनमा प्रतिबद्ध भएर बंगलादेशलाई सन् २०२१ मा विकासशील र सन् २०४१ सम्म विकसित देश बनाउन दिशानिर्देश गरेको छ ।
पोशाक उत्पादकको पहिचानबाट अघि बढेर बंगलादेश अब उच्च मूल्य र ज्ञान केन्द्रित समाज बन्ने तर्फ अग्रसर भइसकेको छ । गत वर्ष हामीले १२ वटा औद्योगिक रोबोट दक्षिण कोरियालाई निर्यात गरेका छौं । बंगलादेशमा बनेका ४ वटा पानीजहाज भारत आएका छन् । हालै रिलायन्सले ठूलो संख्यामा बंगलादेशमा बनेको रेफ्रिजिरेटर खरिद गरेको छ ।
अब विश्वका लगानीकर्ताहरु र विशेषगरि भारतीय लगानीकर्ताहरु परम्परागत ‘मेनु’बाट अघि बढेर बंगलादेशमा शिक्षा, लाइट इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, अटो क्षेत्र र कृतिम बौद्धिकताको क्षेत्रमा लगानी गर्ने बेला आइसकेको छ ।
बंगलादेशमा हाल स्वतन्त्र ढंगले काम गर्ने ६ लाख आइटी प्रोफेसनलहरु छन् । स्वतन्त्र ढंगले काम गर्ने यो निकै ठूलो समुदाय हो । यी सबैले जोखिम लिँदै, चुनौतीको सामना गर्दै र नयाँ नयाँ प्रविधिहरुको प्रयोग गरेर सृजनशिल हुँदै सूक्ष्म परिर्वतनको बाटोतर्फ अग्रसर भइरहेको तथ्य उद्घाटन गर्छन् ।
अब विश्वका लगानीकर्ताहरु र विशेषगरि भारतीय लगानीकर्ताहरु परम्परागत ‘मेनु’बाट अघि बढेर बंगलादेशमा शिक्षा, लाइट इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, अटो क्षेत्र र कृतिम बौद्धिकताको क्षेत्रमा लगानी गर्ने बेला आइसकेको छ ।
बंगलादेशमा तीव्र ढंगले सहरीकरण भइरहेको छ । सन् २०३० सम्म हाम्रो कूल जनसंख्याको ४८ प्रतिशत मानिसहरु सहरमा बसोबास गर्नेछन् । उनीहरुमध्ये धेरै युवा, उर्जावान् र डिजिटलरुपमा जोडिएका हुनेछन् । उनीहरु नयाँ सोचहरु सहजै ग्रहण गर्न सक्ने र सम्पत्ती कमाउने नयाँ बाटोहरु खोजिरहने खालका हुनेछन् ।
वास्तवमा त्यस्तो अवस्था अहिले नै आउन थालिहेको छ । बंगलादेशमा हाल १ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । सन् २०२५ सम्ममा ४१ प्रतिशत जनसंख्या मोबाइल इन्टरनेटको पहुँचमा पुग्नेछन् । बढ्दो विद्युतको खपत सहित तीव्र गतिमा हुँदै गरेको सहरीकरण र ३ करोड मध्यमवर्ग भनेको साँच्चै ठूलो बजार हो ।
केहीलाई बंगलादेशमा लगानी गर्दाको जोखिमका बारेमा चासो छ । हो, हाम्रोमा अन्य देशमा जस्तै चुनौतीहरु छन् । तर, बंगलादेशमा हामी चुनौतीलाई अवसरमा बदल्ने क्षमता राख्छौं । यो वर्ष हाम्रो अर्थतन्त्रले ८.१ प्रतिशतको उच्च वृद्धिदर हासिल गरेको छ ।
हामी दोहोरो अंकको वृद्धिको नजिक छौं । सन् २००९ देखि बंगलादेशको अर्थतन्त्र १ सय ८८ प्रतिशतले वृद्धि भइसकेको छ । हाम्रो प्रति व्यक्ति आयले १९ सय ९ डलर नाघिसकेको छ ।
हाम्रो कृषि क्षेत्र अब निर्वाहमुखि मात्र छैन । हामी अहिले विश्वको चौथो ठूलो चामल उत्पादक, दोस्रो ठूलो जुट उत्पादक, चौथो ठूलो आँप उत्पादक, पाँचौ ठूलो तरकारी उत्पादक र चौथो ठूलो स्थल मत्स्य पालन केन्द्र भएको मुलुक हौं । फलफूल र अन्य मुख्य बालीहरुमा अझ अगाडि बढ्न थप अध्ययन अनुसन्धान भइरहेको छ ।
चीन र भारतको बीचमा रहेको बंगलादेश विश्वव्यापी र भारतीय व्यापारको लागि निर्वाध आर्थिक क्षेत्र हो । हामी आर्थिक हबको रुपमा यो क्षेत्रको सेवा गर्न सक्छौं । हाम्रै १६ करोड २० लाख जनसंख्याका अलावा अर्को ३ अर्ब जनसंख्याको बजारलाई हामी जोड्न सक्छौं ।
मुलुकलाई ‘डिजिटल बंगलादेश’को रुपमा परिर्वतन गराउन सन् २००९ देखि तल पिँधका मानिसहरुका लागि शत प्रतिशत ‘आइसिटी’ पहुँचको व्यवस्था गरेका छौं ।
हामी अहिले मानिसहरको विकासको चुनौतीहरु समाधान गर्नका लागि प्रविधिको प्रयोग गर्नमा केन्द्रित छौं । परिणामस्वरुप बंगलादेश अहिले एशिया प्रशान्त क्षेत्रमा अत्याधिक इन्टरनेट प्रयोगकर्ताहरु भएको देशहरुको सूचिमा पाँचौ स्थानमा छौं । हामी नगद रहित समाज बन्ने तर्फ अघि बढिरहेका छौं । गत वर्ष २ करोड ६० लाख अमेरिकी डलर बराबरको अनलाइन कारोबार भएको छ ।
अहिले बंगलादेश लगानीका लागि दक्षिण एसियाको सबैभन्दा स्वतन्त्र राज्य हो । लगानीलाई दिइने कानुनी रक्षा, उदार आर्थिक व्यवस्थाहरु, मेसिनरीको आयातमा दिइने छुटहरु, सहज रुपमा बाहिरिन सक्ने व्यवस्था आदिका कारणले हामीले यो दाबी गरेका हौं ।
हामी एकद्धार प्रणालीमा आधारित १ सयवटा विशेष आर्थिक क्षेत्रको स्थापना गर्दैछौं । १२ वटा त अहिलेनै सञ्चालनमा छन् । दुईवटा क्षेत्र भारतीय लगानीकर्ताहरुको लागि छुट्याइएको छ । उल्लेख्य संख्यामा ‘हाइटेक’ पार्कहरु पनि तयार छन्, प्रविधि र सृजनशील व्यवसायको लागि ।
चीन र भारतको बीचमा रहेको बंगलादेश विश्वव्यापी र भारतीय व्यापारको लागि निर्वाध आर्थिक क्षेत्र हो । हामी आर्थिक हबको रुपमा यो क्षेत्रको सेवा गर्न सक्छौं । हाम्रै १६ करोड २० लाख जनसंख्याका अलावा अर्को ३ अर्ब जनसंख्याको बजारलाई हामी जोड्न सक्छौं ।
गत वर्ष एचएसबीसी बैंकले सन् २०३० सम्ममा बंगलादेश विश्वको २६ औं ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । दुईवटा कुरा महत्वपूर्ण छन् । पहिलो, खुला समाज, धार्मिक सहिष्णुता, उदारवादी मूल्य, मान्यता र निरपेक्ष संस्कृति ।
दोस्रो, हाम्रो कुल जनसंख्याको दुईतिहाई युवा जनसंख्या हो, २५ वर्ष भन्दा कम । उनीहरु छिट्टै सीप सिक्न सक्छन्, नयाँ प्रविधिहरु सहजै ग्रहण गर्न सक्छन् र प्रतिस्पर्धी ज्यालाको लागि छिट्टै तयार हुन्छन् ।
हामी हाम्रा आत्मविश्वासी जनता, सक्षम नेतृत्व र प्रशासनको साथमा विकासको यात्रामा निरन्तर सिक्दै अघि बढिरहेका छौं । बंगलादेशले तपाईंलाई स्थिर र मानवीय राज्य दिनेछ जहाँको नेतृत्व जवाफदेही र उत्तरदायी छन् ।
र, यसका साथमा चुस्त वृहत अर्थशास्त्रीय सूचकहरु र हाम्रो व्यवहारिक र उदारवादी अर्थतन्त्र मिलाएर हामी शान्त र अग्रगामी मुलुकको उदाहरण विश्वसामु प्रस्तुत गर्दै अघि बढ्ने छौं ।
वर्ल्ड इकोनोमी फोरमबाट