
काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । हिजो झिनो अंकले बढेको बजारमा आज करिब ८ अंकले बढेको छ ।
सूचकमा सुधार देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन् । औसतका करिब २५ करोडको कारोबार हुँदै आएको बजारमा दशैंपछिका दिनमा २० करोडभन्दा माथिको कारोबार हुन् सकेको छैन् ।
सेयर बजार मापक सूचक नेप्से ७.७९ अंकले बढेर ११४२.६० विन्दुमा पुगेको छ । आज १५३ कम्पनीको १६ करोड ३७ लाख ५७ हजार ८४७ रुपैयाँको कारोबार भएको छ । ६ लाख ४ हजार ७२८ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूह सबैको सूचक उकालो लागेका छन् । आज जीवन बीमा सूचक सबैभन्दा धेरै ४८.२८ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ६.६ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ७२ लाख १६ हजार ३७६ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा एनआइसी एशिया बैंक र एनएमबी माइक्रोफाइनान्सको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनआइसीको १ करोड ४६ लाख र एनएमबीको ६३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज नेको इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घटेको छ ।