शिखर इन्स्योरेन्सले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज

काठमाडौं ।शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा डाकेको छ । कम्पनीले माघ २५ गते केन्द्रीय कार्यालय, थापाथलीमा एकैसाथ १७ औँ र १८ औँ वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीले सभावमा गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ गरी कुल १६.८४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।

त्यस्तै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, गत वर्षको नाफा नोक्सान हिसाव प्रस्तुत गर्ने लगायत प्रस्तावहरु सभामा लैजाने भएको छ ।

कम्पनीले साधरण सभा तथा लभांश प्रयोजनका लागि माघ १७ गतेदेखि बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

फर्स्ट माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, यस्ता छन् मुख्य सूचक Read Previous

फर्स्ट माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, यस्ता छन् मुख्य सूचक

अब बैंकहरूले अन्तर-बैंक कारोबार र तरलताको विवरण अनिवार्य पोर्टलमा राख्नुपर्ने Read Next

अब बैंकहरूले अन्तर-बैंक कारोबार र तरलताको विवरण अनिवार्य पोर्टलमा राख्नुपर्ने