फर्स्ट माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, यस्ता छन् मुख्य सूचक

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । माइक्रोफाइनान्सले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३८.५३ प्रतिशतले बढेको हो ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी हो। गत आवको सोही अवधिमा माइक्रोफाइनान्सले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, संचालन मुनाफा, अन्य सञ्चालन आम्दानी बढ्दा र इम्पेरमेन्ट चार्ज घटेसँगै माइक्रोफाइनान्सको खुद नाफा उल्लेख्य रुपमा बढेको हो । समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी २६.४६ प्रतिशत बढेर २३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, संचालन मुनाफा ३८.६८ प्रतिशतले बढेर २० करोड ६४ लाख पुगेको छ भने कुल सञ्चालन आम्दानी २१.६३ प्रतिशत बढर २६ करोड ३८ लाख पुगेको छ ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले ८ अर्ब ७३ करोड सापटी लिई १० अर्ब ९ करोड कर्जा लगानी गरेको छ । पुस मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १ अर्ब १४ करोड, जगेडा कोषमा ३८ करोड १८ लाख संचित छ ।

खुद नाफा बढेसँगै माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.५२ रुपैयाँ बढेर २५.१८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको लघुवित्तको प्रतिसेयर नेटवर्थ १३३.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.९३ गुणा र खराब कर्जा ०.१७ प्रतिशत रहेको छ ।

 

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

शिखर इन्स्योरेन्सले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज Read Next

शिखर इन्स्योरेन्सले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज