काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारको सेवा ३ दिन बन्द हुने भएको छ । कम्पनीले नियमित मर्मतसम्भारका लागि ३ दिन सेवा बन्द गर्ने भएको हो ।
अन्नपूर्ण केबलकार प्रालिका अनुसार यही माघ ४ गतेदेखि ६ गतेसम्म सेवा बन्द हुने भएको छ । माघ ७ गतेदेखि सम्पूर्ण सेवाहरू पुनः सुचारू हुने कम्पनीले जनाएको छ ।
सेवा बन्द हुँदा यात्रुमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ ।