काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत थप दुई लघुवित्तको लाभांश घोषणा भएको छ ।
सपोर्ट लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
सपोर्ट लघुवित्त संचालक समितिको पुस २९ गते बसेको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
त्यसैगरी, नयाँ सारथी लघुवित्त संचालक समितिको पनि पुस २९ गते बसेको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
दुवै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।