अन्नपूर्ण पदमार्गमा ७ गुणाले बढे विदेशी पर्यटक

लमजुङ । लमजुङस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार ९०० विदेशी पर्यटकले घुमेका छन् । ती मध्ये १० हजार ३६४ पुरुष र ५ हजार ५३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।

पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका २ हजार १२ पर्यटक आएको बताइएको छ । यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा झन्डै ७ गुणा बढी अर्थात्  १३ हजार ६२७ जना बढी पर्यटक आएका थिए । सन् २०२१ मा १ हजार ५६२ पुरुष र ७११ जना महिला गरी २ हजार २७३ जना पर्यटक आएको थियो ।

कोरोना सङ्क्रमका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरुमा भन्दा गत वर्षमा पर्यटक वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ । ‘ सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दब्बल तेब्बर नै हुने थियो ।

त्यस्तै, सन् २०२० मा १ हजार ९७६ जना पर्यटक आएको थियो । त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो ।

यस पदमार्गमा आउने पर्यटकमध्ये, छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए । केही समयसम्म दैनिक १५० जनाभन्दा बढी आउने गरे पनि चिसो बढेसँगै यति बेला भने एक दुई विराएर दुई चार जना मात्र आउने गरेको उक्त केन्द्रले जनाएको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतार रहेको छ । यस पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपुर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न तथा हेर्नका लागि आउने गरेको पाइन्छ । यस पदमार्ग आसपासमा रहेका पर्यटन व्यवसायी पर्यटक आगमन हुँदा व्यवसाय राम्रो सञ्चालन हुन्छ तर पर्यटक घट्न व्यवसाय नै घट्ने गर्दा उनीहरु चिन्तित हुने गर्दछन् ।

आन्तरिक उडान प्रभावित Read Previous

आन्तरिक उडान प्रभावित

निजी क्षेत्रको हालसम्मकै ठूलो साहस ऊर्जाको सोलु दूधकोशी जलविद्युत् निर्माण सम्पन्न Read Next

निजी क्षेत्रको हालसम्मकै ठूलो साहस ऊर्जाको सोलु दूधकोशी जलविद्युत् निर्माण सम्पन्न