काठमाडौं । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्योरेन्सले बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । शनिबार तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो।
सम्झौतामा तीनै कम्पनीका अध्यक्षहरूले हस्ताक्षर गरेका हुन् । मर्जरपछि ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड’को नाममा एकीकृत कारोबार सुरू हुनेछ ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको सीईओ हाल युनियन लाइफका सीईओ मनोजलाल कर्ण हुने छन् । यस्तै, प्राइम लाइफका निर्मल दाहाल र गुराँस लाइफका सीईओ विपिन लाल कर्ण डेपुटी सीईओ हुने छन् ।
तीनै कम्पनी एक बराबर एक सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि नयाँ कम्पनीको चुक्ता पूँजी ७ अर्ब नाघ्ने छ । हाल प्राइमको चुक्ता पूँजी २ अर्ब ७७ करोड, गुराँसको २ अर्ब ८ करोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
तीन कम्पनी बीच वैशाख २९ गते मर्जर सम्बन्धी प्रारिम्भक सम्झौता भएको थियो ।