प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन्।

बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको ४५९औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

त्यस्तै, बैंकको पुस २८ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधरण सेयरधनीहरूको तर्फबाट सञ्चालक निर्वाचित गरेको छ ।

संस्थापक सेयरधनीको तर्फबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल संचालकमा निर्वाचित भएका छन् ।

सम्झौता भएको २ वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती Read Previous

सम्झौता भएको २ वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

यति एयरको विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो Read Next

यति एयरको विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो