काठमाडौं । आइतबार पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा १५ जना विदेशी यात्रु सवार रहेको पाइएको छ । उनीहरुको राष्ट्रियता समेत खुलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा परेको जहाजमा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।
तीमध्ये १५ जना विदेशी नागरिक रहेका छन् । जसमा ५ जना भारतीय, ४ जना रसिया, २ जना कोरिया, अर्जेन्टिनाका, आयरल्याण्ड, अष्ट्रेलिया र फ्रान्सका एक/एक जना रहेका छन् ।
