आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्स सवा ५ करोड घाटामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स घाटामा गएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास वित्तीय विवरण अनुसार कम्पनी ५ करोड ३० लाख २८ हजार ५१५ रुपैयाँ नोक्सानीमा गएको हो ।

गत वर्षको सोही अवधिमा कम्पनी ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले आयव्यय हिसाबबाट १९ करोड ७ लाख हिसाब सारेकाले नोक्सानीमा गएको हो ।

असोज मसान्तसम्म कम्पनीले कुल १ अर्ब ९ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले कर्जा लगानी तथा अन्य आयबाट १४ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ भने ३६ लाख २० हजार खर्च गरेको छ ।

हाल ७ अर्ब चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ति कोषमा १ करोड ५० लाख र बीमा कोषमा १३ करोड ६९ लाख रुपैयाँ छ ।

कम्पनीले निकट भविष्यमै प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ ।

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

नारायणगढ-मुग्लिन सडकमा भोली र पर्सी दिउँसो सवारी नरोकिने Read Next

नारायणगढ-मुग्लिन सडकमा भोली र पर्सी दिउँसो सवारी नरोकिने