लक्ष्मी बैंकको बाइसौं वार्षिक साधारणसभा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बैंक्को सभा बिहीबार सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सिभिल बैंक साधारण सभा सम्पन्न, लाभांश पारित Read Previous

सिभिल बैंक साधारण सभा सम्पन्न, लाभांश पारित

लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा, बाँकी काम पूरा गर्न साढे ७ अर्ब लाग्ने Read Next

लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा, बाँकी काम पूरा गर्न साढे ७ अर्ब लाग्ने