छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस २७ गते बसेको बैठकले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि Read Previous

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

एनएमबीसहित ४ लघुवित्तको लाभांश घोषणा, कुनको कति ? Read Next

एनएमबीसहित ४ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?