काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ४ लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बिहीबार छिमेक लघुवित्त, स्वरोजगार लघुवित्त, स्वाबलम्बन लघुवित्त र एनएमबी लघुवित्तले लाभांश घोषणा गरेका हुन् । चारै लघुवित्तको पुस २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
एनएम्बी लघुवित्तले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, स्वाबलम्बन लघुवित्तले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यसैगरी, स्वरोजगार लघुवित्तले २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद गरी कुल २३.१६ र छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।
चारै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।