काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप एम.बी.एल एम स्मार्टलाई सुरक्षित र भरपर्दो बनाउने उद्धेश्यले नयाँ प्रविधि थप गरेको छ ।
बैंकले पछिल्लो समय मोबाइल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न नेपालमै पहिलो पटक सुरक्षा सतर्कताका साथ एस.एम.एस प्रमाणिकरण प्रविधि थप गरेको हो ।
मोबाइल बैंकिङ्गमा हाल ओटीपी सेयर मार्फत सबैभन्दा धेरै अनाधिकृत कारोबारहरु भइरहेको पाइएको छ । विभिन्न लक्की ड्र, ठूलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी सेयर गर्न लगाई ह्याक्रहरुले अनाधिकृत कारोबारहरु बढिरहेकोे समयमा उक्त समस्यालाई रोक्नका लागि बैंकले एपमा नयाँ प्रविधिको सुरुवात गरेको जनाएको छ ।
बैंकले यस प्रविधिको शुरुवात गरेसँगै ग्राहाकबाट ओटीपी प्राप्त गरी मोबाइल बैंकिङ्गमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ । यस सेवाले ग्राहाकहरुको मोबाइलल बैंकिङ्ग सेवा थप सुरक्षित र भरपर्दो बन्ने बैंकको विश्वास छ ।
स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आएको छ ।