माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन ६’ को मुख्य प्रायोजक

काठमाडौं । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन ६’ को आयोजना हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच कर्पोरेट सुपर सिक्सेस ‘सिजन ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा र इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरे । सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुर्नामेको नाम माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन ६’ टुर्नामेन्ट रहनेछ ।

 

उक्त पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

 

बैंकले देशभरका १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरु मार्फत बाट ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

नेपालमा ओपो रेनोटू एफको बिक्री आरम्भ Read Previous

नेपालमा ओपो रेनोटू एफको बिक्री आरम्भ

चाँदी तथा तामा–पित्तलका भाँडाको विक्री बढ्दो Read Next

चाँदी तथा तामा–पित्तलका भाँडाको विक्री बढ्दो