काठमाडौं । माघ महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको कार्य समिति बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशत घटाउने भएका हुन् । यससँगै अब साधरण मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम हुने भएको छ । अहिले वाणिज्य बैंकहरुको साधारण मुद्दतीको ब्याजदर १२.१३३ प्रतिशत छ।
यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम हुनेछ । बैंकहरूले गत असोजदेखि निक्षेपको ब्याज बढाउँदै आएको थिए ।