सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, कसरी थाहा पाउने नयाँ नम्बर

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ।

सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकसँग गाभिएर पुस २६ गतेदेखि एकीकृत कारोबार सुरुगरेसँगै खाता नम्बर परिवर्तन भएको हो ।

एक सूचना जारी गर्दै सेन्चुरी बैंकले ग्राहकको खाता नम्बर परिवर्तन भएको जानकारी दिएको हो ।

‘साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहकको खाता नम्बर १२ अङ्कको रहेकोमा उक्त खाता नम्बर परिवर्तन भई १६ अंकको कायम भएको व्यहोरा जानकारी गराउँदछौं,’ बैंकको सूचनामा उल्लेख छ ।

आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम सकिएन, माघभरी दिउँसो सडक बन्द गर्नुपर्ने Read Previous

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम सकिएन, माघभरी दिउँसो सडक बन्द गर्नुपर्ने

काठमाडौंका सडकमा ८ हजार सीसी क्यामेरा जडान गरिँदै, यी ठाउँमा राखिने Read Next

काठमाडौंका सडकमा ८ हजार सीसी क्यामेरा जडान गरिँदै, यी ठाउँमा राखिने