अजोडले प्रभु इन्स्योरेन्ससँग मर्जर तोड्यो, अब युनाइटेडसँग मर्ज हुने

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोडल इन्स्यारेन्स बीचको मर्जर सम्झौता तोडिएको छ । दुई इन्स्योरेन्स बीच नाम, संचालक समिति र स्वाप रेसियोको विषमा कुरा नमिले पछि सम्झौता भएको ६ महिनापछि मर्जर तोडिएोक हो ।

प्रभु र अजोडले गत असारको ३२ गते मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रभुसँग मर्जर तोडे लगत्तै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रवीन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् । युनाइटेड र अजोड बीच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ ।

यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरू Read Previous

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरू

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने Read Next

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने