अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

काठमाडौं । अम्लेखगञ्जदेखि झापासम्म पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग, पट्रोलियम पाइपलाइन लगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको हो ।

भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने जनाए ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च (एसजेएफ) को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा. शर्माले नेपालबाट ४५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (हाइब्रिट) जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताए।

उनले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताए । भारतका गृहमन्त्री राजनाथ सिंहसँग हालै एक कार्यक्रमका सन्दर्भमा राजदूत डा शर्माको कुराकानी भएको थियो । सो क्रममा गृहमन्त्री सिंहले नेपालको नयाँ सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए ।

अजोडले प्रभु इन्स्योरेन्ससँग मर्जर तोड्यो, अब युनाइटेडसँग मर्ज हुने Read Previous

अजोडले प्रभु इन्स्योरेन्ससँग मर्जर तोड्यो, अब युनाइटेडसँग मर्ज हुने

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम सकिएन, माघभरी दिउँसो सडक बन्द गर्नुपर्ने Read Next

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम सकिएन, माघभरी दिउँसो सडक बन्द गर्नुपर्ने