दुई लघुवित्तकाे सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज लाभांश घोषणा गरेका महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश घोषणा गरेको पत्र कारोबार भइरहेको समयमा पठाएकाले धितोपत्र सूचीकरण विनियमावली अनुसार सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

साथै, नेप्सेले दुवै लघुवित्तलाई के कति कारणले कारोबार भइरहेको समयमा पत्र पठाएको भन्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

महिला लघुवित्तले गत आवको मुनाफाबाट ४७.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, महुली लघुवित्तले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

'पेट्रोल पम्पहरू पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर सेवा दिन दिनुपर्छ' Read Next

'पेट्रोल पम्पहरू पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर सेवा दिन दिनुपर्छ'