काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
इन्स्योरेन्सले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ६ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य ५००.२८ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यका आधारमा अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद गरी कुल ६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले माघ ९ गते वार्षिक साधरण सभा बोलाएको छ ।