कृषि विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको पुस २५ गते बसेको बैठकले सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ८.०५ प्रतिशत कम हो । बैंकले सो आवमा २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, बैंकले गत वर्षको नाफाबाट अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस रनगद कति ? Read Previous

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस रनगद कति ?

अब पाल्पाबाटै लाइसेन्स पाइने, बुटवल धाउनुपर्ने बाध्यता हट्यो Read Next

अब पाल्पाबाटै लाइसेन्स पाइने, बुटवल धाउनुपर्ने बाध्यता हट्यो