लक्ष्मी र सनराइज बैंक बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दीपक नेपाल रहेका छन् ।

दुई बैंक कति सेयर अनुपातमा मर्ज हुने भन्ने बारे केही खुलाइएको छैन । दुवै बैंकको ड्यु डिलिजेन्स अडिट (डीडीए)का प्रतिवेदनका आधारमा स्वाप रेसियो निर्धारण गरिने बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा छ ।

विकास निर्माण सधैं कछुवाको चालमा, ६ महिनामा पूँजीगत खर्च १२% मात्र Read Previous

विकास निर्माण सधैं कछुवाको चालमा, ६ महिनामा पूँजीगत खर्च १२% मात्र

सीबीफिनको अध्यक्षमा पवन गोल्यान सर्वसम्मत, कार्य समितिमा को-को आए ? Read Next

सीबीफिनको अध्यक्षमा पवन गोल्यान सर्वसम्मत, कार्य समितिमा को-को आए ?