काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको पुस २२ गते बसेको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.८० प्रतिशत नगद गरी कुल ६.८० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।