पूर्वाधार विकास बैंकले १ वर्षमा गर्‍यो एउटा मात्र आयोजनामा लगानी

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकले स्थापना भएको एक वर्षमा जम्मा एउटा परियोजनामा मात्र लगानी गरेको छ ।

 

कास्की जिल्लामा निर्माण हुन लागेको करुवासेती जलविद्युत परियोजनामा बैंकले लगानी सम्झौता गरेको हो । ३२ मेगावटको उक्त परियोजनामा १ अर्ब ५० करोड लगानी सम्झौता गरेको भएको छ ।

 

‘डीपीआर भइसकेका ३/४ वटा परियोजनामा लगानी सम्झौताको लागि बोर्ड बैठकमा लैजाने तयारी भइरहेको छ’, बैंकका सूचना अधिकारी सुर्वण कुमार सिंहले जानकारी दिए । त्यस बाहेकको परियोजनामा बैंकले खासै लगानीको प्रक्रिया अगाडि बढाएको छैन । यो बैंकले ३० करोडभन्दा कम लगानी भने गर्दैन ।

 

नेपाल सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेट भाषण मार्फत नेपाल पूर्वाधार विकास बैंकको स्थापना गर्यो । देशका ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ यो बैंकको स्थापना भएको हो ।

 

बैंक स्थापना भएर पनि लामो समय सम्म जम्मा एउटा मात्र क्षेत्र वा परियोजनामा लगानी हुनुले यसको प्रभावकारीता अपेक्षाकृत रुपमा स्थापित नभएको कतिपय चर्चा हुन थालेको छ । बैंकले आफ्नो पूँजी बैंकको मुद्दती खातामा जम्मा गरेर ब्याज आम्दानी गरेको विषय वित्तीय क्षेत्रमा हँसीमजाकको विषय भइसकेको छ ।

 

बैकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । बैंक सडक, ऊर्जा, सोलार, ट्रान्समिशन, पयर्टन पूर्वाधार (तारे होटल भन्दा सानोमा लगानी नगर्ने) केवलकार, कृषि, शिक्षा तथा स्वाथ्य जस्ता क्षेत्रमा लगानी गर्नका लागि स्थापना गरिएको हो । ‘नेपालमा ठूला परियोजनामा आवश्यक पर्ने ठूलो रकम यो बैंकले पूर्ति गर्ने अनुमान गरिएको छ’, बैंकका अधिकारीले बताए ।

 

तर, बैंक स्थापना भएर पनि लामो समय सम्म जम्मा एउटा मात्र क्षेत्र वा परियोजनामा लगानी हुनुले यसको प्रभावकारीता अपेक्षाकृत रुपमा स्थापित नभएको कतिपय चर्चा हुन थालेको छ । बैंकले आफ्नो पूँजी बैंकको मुद्दती खातामा जम्मा गरेर ब्याज आम्दानी गरेको विषय वित्तीय क्षेत्रमा हँसीमजाकको विषय भइसकेको छ ।

 

फेरि २० अर्ब रुपैयाँको चुक्ता पूँजी खासै ठूलो नभएको जानकारहरु बताउँछन् । ‘अन्य धेरै बैंकका पनि १० अर्ब रुपैयाँ चुक्ता पूँजी र जगेडा कोषमा पनि ठूलो रकम जम्मा भइसकेका छन् । अर्थात, उनीहरुको लगानी क्षमता भन्दा पूर्वाधार विकास बैंकको क्षमता के अर्थमा बढी भयो त ?’, एक बैंकर प्रश्न गर्छन्, ‘फेरि यो बैंकका निक्षेप संकलनमा पनि आफ्नै सीमितता छन्, खुद्रा निक्षेप संकलन गर्न पाउँदैन ।’

 

यो बैंकले पूर्वाधार विकास बैंकले ठूला निक्षेप मात्र संकलन गर्दछ । सूचना प्रकाशित गरी व्यक्तिगत र संस्थागत फरक–फरक आधार र दरमा बचत गर्ने गरेको छ ।

 

नेपालमा संस्थाहरु विभिन्न प्रयोजनका लागि स्थापना गरिने तर, त्यसले आफ्नो उपादयता स्थापित गर्ने नसक्ने प्रवृति नौलो होइन । जलविद्युतमा मात्र लगानी गर्नका लागि भनेर स्थापना गरिएको जलविद्युत विकास कम्पनीले खासै प्रभावकारी काम गर्न सकेको छैन ।

 

व्यक्तिगत रुपमा न्यूनतम १ करोड रुपैयाँमा बैंकले ९.२५ प्रतिशत व्याजदर बचतमा दिइरहेको बैंक अधिकारीले बताए । यो अन्य बैंकको भन्दा खासै फरक ब्याजदर होइन । संस्थागत रुपमा बचत गर्न भने न्यूनतम ५ करोड रुपैयाँ हुनुपर्नेछ । व्याजदर भने ५ वर्षसम्मको बचतमा ९ प्रतिशत र त्यसभन्दा बढी वर्षको बचतका लागि ९.१० प्रतिशत ब्याजदर उपलब्ध गराइरहेको उनले बताए ।

 

परियोजनामा ऋण लगानी बैंकले ११ देखि १२.५ प्रतिशतमा गरिरहेको छ । बैंकले सर्वसाधारणका लागि भने सेयर निष्काशन गरिसकेको छैन ।

 

नेपालमा संस्थाहरु विभिन्न प्रयोजनका लागि स्थापना गरिने तर, त्यसले आफ्नो उपादयता स्थापित गर्ने नसक्ने प्रवृति नौलो होइन । जलविद्युतमा मात्र लगानी गर्नका लागि भनेर स्थापना गरिएको जलविद्युत विकास कम्पनीले खासै प्रभावकारी काम गर्न सकेको छैन ।

 

कम्पनीका बारे सार्वजनिक रुपमा चर्चा समेत हुन छाडिसकेको छ । सर्वसाधारणलाई सेयर समेत जारी गरेको यो कम्पनी हाल बैंकमा नगद थुपारेर र त्यसको ब्याज आम्दानी गरेर ५ प्रतिशत लाभांश लगानीकर्तालाई खुवाएर बसेको छ ।

 

निजी क्षेत्रसँगको सहकार्य र समन्वय गरी ठूला परियोजनालाई सहजताका साथ अघि बढाउने बैंकले तयारी गरिरहेको बताएको छ । अब यो बैंकले आफ्नो प्रभावकारीता कसरी स्थापित गर्छ, त्यो त भविष्यले नै बताउला ।

नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता Read Previous

नेपाल र अष्ट्रियाबीच जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सम्झौता

सेयर बजारमा सामान्य सुधार Read Next

सेयर बजारमा सामान्य सुधार