सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । यो साता आइतबारदेखि नै ओरालो लागेको बजारमा आज झिनो सुधार देखिएको हो ।

 

सूचकमा सुधार देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन् । औसतका करिब २५ करोडको कारोबार हुँदै आएको बजारमा दशैंपछिका दिनमा २० करोडभन्दा माथिको कारोबार हुन् सकेको छैन् ।

 

सरकारले पूँजी बजारमा रहेका विद्यमान समस्या समाधान तथा लगानीकर्ताहरु उत्साहित हुने खालका कुनैपनि कार्यक्रम तथा नीति नल्याउँदा लगानीकर्ताहरुको मनोवल पछिल्ला दिनहरुमा झनै गिर्दै गएको देखिन्छ ।

 

सेयर बजार मापक सूचक नेप्से २.४० अंकले बढेर ११३४.८० ४० विन्दुमा पुगेको छ । आज १५५ कम्पनीको १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँको कारोबार भएको छ । ६ लाख ४५ हजार ४५३ कित्ता सेयर किन बेच भएका छन् ।

 

आज कारोबार भएका १५५ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ । ५९ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

कारोबार भएका ११ वटा समूहमध्येमा ६ वटा समूहको सूचक सामान्य अंकले उकालो लागेका छन् भने ५ वटा समूहको सूचक ओरालो लागेका छन् । आज जीवन बीमा सूचक सबैभन्दा धेरै १९.०६ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ४.४५ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा नबिल बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ३२ लाख २३ हजार ५५ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा प्रभु बैंक र एनआइसी एशिया बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । प्रभुको १ करोड ३ लाख र एनआइसीको ९४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज लक्ष्मी इक्वीटी फन्डको सेयर मूल्य सबैभन्दा धेरै ५.३० प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको प्रमोटर सेयर को सेयर मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले घटेको छ ।

पूर्वाधार विकास बैंकले १ वर्षमा गर्‍यो एउटा मात्र आयोजनामा लगानी Read Previous

पूर्वाधार विकास बैंकले १ वर्षमा गर्‍यो एउटा मात्र आयोजनामा लगानी

अस्ट्रियाको राजधानी भियना बस्न लायक विश्वकै उत्कृष्ट सहर Read Next

अस्ट्रियाको राजधानी भियना बस्न लायक विश्वकै उत्कृष्ट सहर