अर्थतन्त्रको समस्या समाधान गर्न सूक्ष्म अध्ययन गरिरहेका छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रमा रहेका समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पौडेलले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताएका हुन ।

‘अर्थतन्त्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ । हामीले सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं,’ उनले भने ।

बिहीबारको मन्त्रीपरिषदको बैठकले अर्थमन्त्रालय र राजस्वमा सचिव हेरफेर गरेको थियो । कार्यसम्पादन सहजताको लागि हेरफेर गरिएको उनले बताए ।

बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि राष्ट्रयसभा सदस्य निर्वाचन गर्न माघ २५ गते मिति तोकेको छ।यसैगरी,बाजुराका संजिव र चेतन ऐडिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने र खर्चको व्यवस्था गरिने निर्णय गरेको छ ।

चन्द्रागिरी हिल्सको नयाँ संचालक समितिमा को-को आए ? Read Previous

चन्द्रागिरी हिल्सको नयाँ संचालक समितिमा को-को आए ?

काठमाडौंको ७० किमी सडकमा 'स्मार्ट लाइट' जडान गरिँदै Read Next

काठमाडौंको ७० किमी सडकमा 'स्मार्ट लाइट' जडान गरिँदै