प्रभु र सेञ्चुरी बैंकले पुस २६ देखी एकीकृत कारोबार गर्ने

काठमाडौं । मर्जर प्रक्रियामा रहेका प्रभु र सेञ्चुरी कमर्शियल बैंकले पुस महनिा भित्रै एकीककृत कारोबार गर्ने भएका छन् । सेञ्चुरीलाई गाभेर प्रभु बैंकले पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

दुई बैंक मर्ज भई प्रभु बैंकको नाबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाले एक आपसमा मर्जर जाने प्रस्ताव पारित गरिसकेका छन्। १:१ सेयर अनुपातमा प्रभुले सेञ्चुरीलाई गाभ्न लागेको हो ।

हाल प्रभु बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड र सेञ्चुरीको १० अर्ब रूपैयाँ छ। मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी साढे २३ अर्ब रुपैयाँ हुनेछ ।

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता Read Previous

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

चन्द्रागिरी हिल्सको नयाँ संचालक समितिमा को-को आए ? Read Next

चन्द्रागिरी हिल्सको नयाँ संचालक समितिमा को-को आए ?